About Us Portfolio Solutions Products Initiatives Blogs Say Hello

Language

English Hindi Coming Soon Bengali Coming Soon Nepali Coming Soon

Story

निष्पक्षताको प्रयोग । "The practice of impartiality"

Illustration of two clasped hands (one dark-skinned, one light-skinned) against a grey background

निष्पक्षताको प्रयोग । बेयार्ड रस्टिन एक अफ्रिकी…अमेरिकी नागरिक अगुवा थिए। उनले सुरूमा सन्१९४० र १९५० को दशकमा फेलोसिप अफ रिकन्सिलिएसन संस्था मार्फत् र पछि नागरिक अधिकार आन्दोलन मार्फत् उत्तर अमेरिकामा सबैका लागि समान अधिकार स्थापनाका निम्ति काम गरे। यो कथा लेखिएको समयमा मान्छेहरूलाई छालाको रंगअनुसार बोलाइनु सामान्य थियो।

मध्यपश्चिम क्याम्पसमा मन्तव्य दिन जानु अघि म एक गिलास दुध र एउटा पाउरोटी किन्न भनेर शहरको एउटा सानो रेष्टुरेण्टमा छिरेँ। रेष्टुरेण्टमा मलाई बेवास्ता गरिदैछ भन्ने थाहा पाउनु निकै बेर अघिदेखि म बसेको थिइँन, उभिरहेकै थिएँ। करिब दश मिनेट पर्खिसकेपछि मलाई लाग्यो… अब यहाँ द्वन्द्व, लफडा हुने नै भो। म एउटा कुनातिर गएँ, एकजना वेट्रेसका सामुन्ने उभिएँ ता कि उनले मलाई वेवास्ता गर्न नसकुन्, अनि भनेँ, “म एउटा पाउरोटी किन आएको, दिनुस्।” “माफ गर्नुहोला,” उनले भनिन्, “हामी यहाँ तपाईं…..लाई……अँ…. अँ….. गोरो छाला भएका बाहेक अरू रंगका मानिसलाई सेवा दिन सक्दैनौँ।”

“यहाँको जिम्मेवार व्यक्ति को हो?” मैले उनलाई सोधेँ। उनले मलाई दुई कुराको संकेत दिइन्… पहिलो, अलि पछाडि उभिएकी एउटी महिलातिर देखाइन्‍ र दोस्रो, आफ्नो चोरी ‌औँलो ओठ अगाडि लगेर ठाडो पारिन्। दोस्रो संकेतको स्पष्ट आसय उनलाई यो द्वन्द्वमा कुनै हालतमा नमिसाउनु भन्ने थियो। म सरासर रेष्टुरेण्टको पछिल्तिर कफी बनाउने ठाउँ नजिकै उभिएकी महिलातिर लम्किएँ। “यो रेष्टुरेण्टमा मलाई सेवा दिन किन सम्भव छैन म थाहा पाउन चाहन्छु” मैले उनलाई सोधेँ।" “ए… अँ….” उनको बोली लरबरियो। “किनभने… अँ… किनभने… हामी यो शहरमा त्यसो गर्दैनौँ। यहाँको कुनै पनि रेष्टुरेण्टले गोरा बाहेक अरू रंगका मानिसहरूलाई सेवा दिँदैनन्।”

“ठिक छ, तर किन? त्यसो गर्दा तपाईंका अरू ग्राहक बिच्किन्छन् भन्ने कुरामा तपाईंलाई विश्वास लाग्छ?” अनि मैले उनलाई प्रजातन्त्रिक अभ्यासका रूपमा एउटा प्रयोग गर्न आग्रह गरेँ। केही असहज मान्दै उनी यसो गर्न सहमत भइन्… दश मिनेटसम्म म रेष्टुरेण्टको अग्रभागको कुर्सीमा बस्नेछु र त्यसबेला म मेरो पाउरोटी खाने छैन। म त्यहाँ बसेका कारण कतिजना ग्राहक रेष्टुरेण्टबाट उठेर हिँडे वा भित्र छिरेनन् भनेर हामी दुवैले गन्नेछौँ। यदि एकजना त्यस्तो मान्छे देखियो भने म त्यहाँबाट उठेर हिँड्नेछु। तर एकजना पनि त्यस्तो मान्छे देखेनौँ भने म मेरो पाउरोटी खान थाल्नेछु।

मैले पन्ध्र मिनेट पर्खिएँ। त्यसपछि उनी म बसे ठाउँ आइन्, चिसो भइसकेको मेरो पाउरोटी उठाइन् र त्यसको सट्टा तताएको पाउरोटी प्लेटमा राखिदिइन्, अनि सहज भावमा सोधिन्, “योसँग पिउने कुरा के लिनुहुन्छ?” त्यो शहरमा बस्ने काला र गोरा दुवै रंगका मानिसहरूले मलाई बताएअनुसार उक्त घटना पछि श्रीमती डफी आफ्नो रेष्टुरेण्टमा कुनै द्वन्द्व नमच्चाई वा लाज नमानी काला मानिसहरूलाई सेवा दिइरहेकी छन्, जुन यस्तो भेदभावयुक्त वातावरणमा वास्तवमै एउटा शाहसको कुरा हो।